लकडाउनका बेला भारतको बिहार राज्यमा एउटा अनौठो घटना सार्वजनिक भएको छ । हुनत हामी प्रायः जसो हरेक दिन केहि न केहि अनौठा खबर सुनि नै रहेका हुन्छौँ ।
भारतको बिहारमा बस्ने एक महिला लकडाउन भन्दा एक हप्ता अगाडि माईत गएकी थिइन् । उनी अचानक भएको लकडाउनका कारण माइतमै फसेकी थिइन् । तर श्रीमानले श्रीमती माईतमै बसेको रिसले यता घरमा प्रेमीकासँग विवाह गरेका छन् । यो घटना भारतको बिहारस्थित राजधानी पटनाको हो । आफू माइतमा बसेको मौका छोपेर विवाह गरेको भन्दै श्रीमतीले पुलिसमा केस दर्ता गराएकी छन् ।
केस दर्ता भएपछि प्रहरीले सोधपुछ गर्दा महिलाले आफूलाई हरेक दिन फोन गरेर हैरान बनाएको बताइन् । महिलाले भनिन्, अचानक लकडाउन भएको कारणले म माईतमा फसेकी थिएँ, त्यो बेला श्रीमानले फोन गरेर घरमा आउनु भन्नु भएको थियो, तर सरकारले लकडाउनमा हिँड्न नमिल्ने र सवारी साधनहरु पनि नचलेकोले म माईतमै फसेँ । त्यहि मौका छोपेर उता श्रीमानले प्रेमीकासँग विवाह गरेर बस्न थालिसक्नुभएछ ।
उक्त कुरा पत्ता लागेपछि पुलिसले ती व्यक्तिलाई गिरफ्तार गरेर जेलमा राखेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।