नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ बैशाख ।
विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ७० हजार ७०१ पुगेको छ । बितेको २४ घण्टामा ५ हजार ५१२ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म ३९ लाख १५ हजार ९७३ जनामा कोरोनाको संक्रमण देखिएको छ । एकैदिन ९४ हजार ९४४ नयाँ संक्रमित थपिएका छन् ।
संक्रमितमध्ये १३ लाख ४० हजार ५६८ जना उपचारपछि निको भएका छन् । बिरामी रहेका २३ लाख १ हजार ४०९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररत मध्ये ४८ हजार ९५८ जनाको अवस्था गम्भीर छ ।
सबैभन्दा बढी संक्रमण देखिएको अमेरिकामा कोरोनाको संक्रणबाट ज्यान गुमाउनेको संख्या ७७ हजार पुगेको छ । एकै दिन २९ हजार २२ जनामा नयाँ संक्रमणदेखिएसँगै १२ लाख ९२ हजार ११४ जना संक्रमित छन् ।
स्पेनमा कोरोना संक्रमितको संख्या २ लाख ५६ हजार ८५५ पुगेको छ । बितेको २४ घण्टामा ३ हजार १७३ जनामा नयाँ संक्रमण देखिएको छ । २४ घण्टामा २१३ जनाले ज्यान गुमाएका छन् । यो सँगै स्पेनमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २६ हजार ७० पुगेको छ । संक्रमित १ लाख ६३ हजार ९१९ जना निको भएका छन् । अहिले ६६ हजार ८६६ जनाको उपचार भइरहेको छ । उपचारतमध्ये १६ हजार ९९५ को अवस्था गम्भीर छ ।
बेलायतमा एकै दिन ५३९ जनाले ज्यान गुमाएका छन् । यो सँगै बेलायतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३० हजार ६१५ पुगेको छ । एकैदिन ५ हजार ६१४ जनामा नयाँ संक्रमण देखिएको छ । बेलायतमा शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार २ लाख ६ हजार ७१५ जनामा संक्रमण देखिएको छ ।
नेपालमा १०१ जनामा संक्रमण देखिएकोमा २२ जना उपचारपछि घर फर्किएका छन् ।