भारतमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, ३ हजार १५६ जनाको निधन

भारतमा विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख नाघेको छ । २४ घण्टामा ४ हजार ६ सय थपिएसँगै त्यहाँ कुल संक्रमितको संख्या १ लाख नाघेको हो । मंगलबार बिहानसम्म भारतमा १ लाख ३२८ जना यो भाइरसबाट प्रभावित भएका छन् । जसमध्ये ३९ हजार ३ सय व्यक्ति निको हुँदा ३ हजार १५६ संक्रमितको मृत्यु भएको छ ।

२१५ देशमा फैलिसकेको कोरोनाबाट अहिलेसम्म विश्वभर ४९ लाख ९० हजार व्यक्ति संक्रमित भएका छन् । जसमध्ये १९ लाख ७ हजार व्यक्ति उपचारपछि निको हुँदा ३ लाख २० हजार व्यक्तिको ज्यान गएको छ ।



अहिले पनि तीव्र गतिमा कोरोना फैलिरहेको संयुक्तराज्य अमेरिकामा संक्रमितको संख्या १५ लाख ५० हजार नाघेको छ । त्यसमध्ये झण्डै ९२ हजार संक्रमितको मृत्यु हुँदा ३ लाख ५६ हजार निको भएका छन् । अमेरिकामा गत २४ घण्टामा २२ हजार ६ नयाँ संक्रमित थपिँदा १ हजार व्यक्तिले ज्यान गुमाएका छन् ।

सम्बन्धित समाचार