अन्ततः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मास्क लगाउन बाध्य भएका छन् । ट्रम्पले बिहीबार फोर्ड मोटर कम्पनीको मिशिगनस्थित प्लान्टको भ्रमणको क्रममा केहीबेर मास्क लगाएका हुन् । उनले पत्रकारहरुको नजरबाट भने मास्क लगाएको अवस्थामा आफूलाई देखाएनन् ।
मिशिगनको रसनभिलमा रहेको फोर्डको प्लान्टमा ट्रम्प आफ्नो टोलीसँग निरीक्षण भ्रमणमा गएका हुन् । मोटर उत्पादक कम्पनीले हाल कोरोना भाइरसको संकटमा अत्यावश्यक स्वास्थ्य सामग्री उत्पादन गरिरहेको छ ।
ट्रम्पले सो भ्रमणको क्रममा केहीबेर मास्क लगाएका हुन् । उनले लगातार मास्क लगाउन अस्वीकार गर्दै आएका थिए । अझै पनि उनी मास्कको विपक्षमा देखिएको छन् ।
तर बिहीबार ट्रम्पले बाध्य भएर केहीबेर मास्क लगाएको अमेरिकी सञ्चारमाध्यमले जनाएको छन् । फोर्डले आफ्ना प्लान्टहरुमा जानका लागि मास्क अनिवार्य रुपमा लगाउनु पर्ने नियम लागु गरेको छ । यस्तै मिशिगनमा राज्यले पनि सार्वजनिक स्थानमा मास्क लगाउनु पर्ने भनेको छ ।
फोर्ड कम्पनीले वक्तव्य जारी गरेर कम्पनीका अध्यक्ष बिल फोर्डले राष्ट्रपति ट्रम्पलाई भ्रमणमा आउँदा मास्क लगाउनका लागि प्रोत्साहित गरेको बताएको थियो ।
विज्ञले कोरोना भाइरसको संक्रमणबाट जोगिन वा संक्रमण फैलिन नदिनका लागि मास्क लगाउनु पर्ने बताए पनि ट्रम्पले अस्वीकार गर्दै आएका छन् । सेन्टर फर डिजिज कन्ट्रोल ९सिडिसी० ले मास्क मास्क लगाउन भने पनि ट्रम्पले मानेका छैनन् ।
ट्रम्प र उनका सहयोगीहरुले भने उनले मास्क लगाउन अस्वीकार गर्ने कुराको बचाउ गर्ने गरेका छन् । लगातार परीक्षण भइरहेकाले मास्क लगाउनु आवश्यक नरहेको उनीहरुको तर्क छ ।
तर बिहीबार उनले बाध्य भएर मास्क लगाएका हुन् । केहीबेर लगाएको मास्क उनले फुकाले । पत्रकारहरुलाई आफूले मास्क लगाएको देखाउन नचाहेको ट्रम्पले बताएका छन् ।