दक्षिण सुडानका १० क्याबिनेट मन्त्रीहरुमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । दक्षिण सुडानका सूचना प्रसारण मन्त्री माइकल माकुईले बीबीसीसँग भने, ‘सङ्क्रमित भएका सबै नेता आआफ्नो क्षेत्रमा लगातार काम गरिरहेका थिए र कोरोना भाइरस महामारीसँग लड्नका लागि बनाइएको उच्चस्तरीय टास्क फोर्सका हिस्सा थिए ।’
तर माकुईले दक्षिण सुडानका राष्ट्रपति साल्वा कीर पनि उच्चस्तरीय टास्क फोर्सको हिस्सा रहेको भन्दै उनलाई पनि कोरोना भाइरस सङ्क्रमण भएको खबर भ्रामक भएको बताएका छन् । दक्षिण सुडानमा पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमण तीव्र गतिमा बढिरहेको छ ।
दक्षिण सुडानमा तीन सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ भने अहिलेसम्म ६ जनाको ज्यान गएको छ । दक्षिण सुडानमा कोरोना महामारी फैलिए परिणाम निकै खतरनाक हुने भन्दै चिन्ता व्यक्त गरिएको छ किनकि सुडानमा दशकदेखि चलिरहेको तनावका कारण स्वास्थ्य सेवाको अवस्था निकै नाजुक छ ।