भारत-चीन सीमा क्षेत्रमा तनाव

भारत–चीन सीमा क्षेत्रमा केहि दिनयता तनाब बढ्दै गएको छ । भारत–चीन दुबैले दुवैले दाबी गर्दै आएको लद्दाख नजिकको विवादित भूमिमा चिनियाँ सेनाको गतिविधि बढ्न थालेपछि भारतीय सेनाले पनि त्यहाँ सेनाहरु थप्न थालेको छ ।

भारतले चीनविरुद्ध आवश्यक कदम चाल्न आफूहरु बाध्य भएको भन्दै सेनाको संख्या बढाइरहेको भारतीय सञ्चारमाध्यमले समाचार लेखेका छन् । पहिलेभन्दा बढी सेना थपिएपछि भारतीय सेनाले लद्दाख नजिकका क्षेत्रमा चिनियाँ सेनाको गतिविधि रोक्न सक्षम हुने विश्वास गरिएको छ ।



केही समय अगाडि मात्र सिक्किम र लद्दाख नजिकैको विवादित भूमिमा चिनियाँ र भारतीय सेनाबीच झडप भएको थियो । झडपमा दुवैतर्फका सेना घाइते भएका थिए ।

प्रायः सबै छिमेकी मुलुकसँग सीमा विवादमा रहेको भारतले पछिल्लो समय चीनबाट कडा चुनौती सामना गर्नु परिरहेको छ । समाचार एजेन्सीहरूका अनुसार सीमा क्षेत्रमा भारतीय सैनिक टोलीले घुसपैठ गर्न खोजेपछि चिनियाँ सेनाले भारतीय सैनिकको एउटा टोलीलाई नै नियन्त्रणमा लिएको जनाइएको छ ।

गत बुधबार लद्दाख क्षेत्रमा चिनियाँ सेनाले भारतीय सेनाको गस्ती टोलीलाई नियन्त्रणमा लिएर हतियार समेत खोसेको समाचार हालै प्रकाशमा आएको थियो । केही भारतीय सञ्चारमाध्यमका अनुसार चिनियाँ सेनाले भारतको ‘इन्डो–तिब्बतीयन बोर्डर पुलिस’ ९आइटिबीपी० को एउटा टोलीलाई सीमा क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

समाचारमा दावी गरिए अनुसार आइटिबिपीको गस्ती टोलीलाई चिनियाँ सेनाले ‘लाइन अफ एक्च्यूअल कन्ट्रोल’ ९एलएसी० बाट नियन्त्रणमा लिएको हो । चिनियाँ सेनाले भारतीय घुसपैठ बढ्न थालेपछि पछिल्ला दिनमा एलएसीमा आफ्नो उपस्थिति बढाएको छ ।

सोही क्रममा भारतीय सैनिक टोलीलाई हतियारसहित नियन्त्रणमा लिएको समाचार प्रकाशमा आएको हो । तर, भारतले भने आफ्ना गस्ती टोली चिनियाँ सेनाको नियन्त्रणमा परेको कुरा अस्वीकार गरेको छ । एजेन्सी

सम्बन्धित समाचार