भारतमा कोरोना भाइरसले ४ हजारभन्दा बढीको मृत्यु, १ लाख ३८ हजार संक्रमित

भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ३८ हजार नाघेको छ । एकै दिन थप ७ हजार ११३ जनामा संक्रमण देखिएको छ । योसँगै त्यहाँ संक्रमितको संख्या १ लाख ३८ हजार ५३६ पुगेको हो ।

यो समाचार तयार पार्दासम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट ४ हजार २४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १५६ जनाको मृत्यु भएको छ ।



कोराना भाइरसको संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन ३१ मे सम्म पुर्‍याइएको छ ।

सम्बन्धित समाचार