भारतमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा १७० जनाको मृत्यु भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा कोभिड(१९ का ६,३८७ संक्रमित थपिएका छन् ।
योसँगै भारतमा अहिलेसम्म कोरोना १ लाख ५१ हजार ७६७ संक्रमित पुगेका छन् । उनीहरु मध्ये ८३ हजार भन्दा धेरै संक्रमित अहिले अस्पतालमा उपचाररत छन् ।
६४ हजार भन्दा केही बढी व्यक्ति उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । भारतको स्वास्थ्य सेवा विभागले अहिलेसम्म देशभर ४३३७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको जानकारी दिएको छ।