भाइबरले नेपालमा ग्रुप भिडियो कल नामक नयाँ सेवा सुचारू गरेको छ, जसमार्फत असीमित अवधिसम्म बढीमा २० जनासम्म एकसाथ भिडियो कल गर्न सकिने छ । यसभन्दा अघि शुरू गरिएको भाइबरको ग्रुप अडियो कल सेवाको सफलताबाट प्रोत्साहित हुँदै एक अर्काबीच आमने–सामने भएर संवाद एवं छलफल गर्नका लागि व्यापक भिडियो कलको बढ्दो माग भैरहेको सन्दर्भलाई दृष्टिगत गरेर यो नयाँ विशेषता भाइबरमा थप गरिएको प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
सामाजिक दूरीको नियम र मानिसहरूमाझ समूहगत भेटघाटमा रोक लागेको कारणले अनलाइन छलफल गर्नु सुविधा मात्र नभएर आवश्यकता नै भएको छ । अनलाइन कुकिङ्ग शिक्षा संचालन गर्ने सेफहरूदेखि लिएर योगाभ्यासको कक्षा लिइरहेका योग गुरूहरूसम्म, सामूहिक कार्य गर्ने सबैलाई सुरक्षित प्रभावकारी अनलाइन मञ्च जरूरी भएको छ ।
मोबाइल तथा डेस्कटप दुबैमा भाइबर एप मार्फत भाइबर ग्रुप कल सजिलै सञ्चालन गरी कार्य–मैत्री सुविधाहरू जस्तै स्क्रिन सेयर गर्ने र भिडियो प्रसारण गर्ने कार्य गर्न सकिन्छ । भाइबरको ग्रुप च्याटहरू र ग्रुप भ्वाइस कलहरूका साथ आमने सामने सञ्चारको यो नयाँ माध्यम ‘न्यू नर्मल’ सँग सामना गर्ने एक उत्तम तरिका हो, विज्ञप्तिमा भनिएको छ ।
ग्रुप भिडियो कलले वक्तालाई सबै सहभागीहरूमाझ भिडियो प्रदर्शन गर्ने मौका दिन्छ । प्रयोगकर्ताहरूले कलको दौरानमा आफ्नो व्यक्तिगत स्क्रिनमा कोही एकको भिडियो निजी रूपमा पिन गर्न सकिने छ साथै प्रयोगकर्ताहरूले आफ्नो भिडियो बन्द गर्न र आफैलाई म्यूट राख्न पनि सक्नेछन् । कलको दौरान अन्य कोही सहभागी म्यूट रहेको वा उनीहरूको भिडियो बन्द भएको पनि देख्न सक्नेछन् ।
‘हामी हाम्रा प्रयोगकर्ताहरूलाई बढीमा २० जनासम्म रहने गरी भिडियो कलमा सहभागी गराउन समर्थ भएकोमा अत्यन्त उत्साहित भएका छौं र यसलाई हामी चाँडै नै अझ विस्तार गर्ने दिशामा अग्रसर छौं । भाइबरले एक महत्वपूर्ण उद्देश्यका साथ समाजलाई सेवा प्रवाह गर्दै आएको छ, अब त्यसमा पहिलेको भन्दा धेरै यसले प्रयोकर्ताहरूलाई सजिलै सञ्चार गर्न सक्षम बनाएको छ । हाम्रो जीवनमा भिडियो छलफल पहिलेभन्दा अझ ज्यादा हुनेछ, यसैले हामीले यो नयाँ विशेषता शुभारम्भ गर्ने निर्णय गरेका हौं र प्रयोगकर्ताहरूलाई वास्तवमा नजिक ल्याउने अर्को कदम हो जब आमने–सामने मिटिङ्ग गर्ने अरू कुनै विकल्प छैन’ भाइबरका सिओओ अफिर एयालले बताए ।
यो ग्रुप भिडियो कल सञ्चालन गर्न https://vb.me/91fc80 मा जानुपर्ने छ ।