कोरोना भाइरस झन् खतरनाक हुँदै गयोः डब्लुएचओ

संसारभरको धेरै देशमा कोरोना भाइरसका संक्रमितको संख्यामा कमी आइरहेका बेला विश्व स्वास्थ्य संगठनले यो संक्रमण थप खतरनाक हुँदै गएको चेतावनी दिएको छ । डब्लुएचओका महानिर्देशक टेड्रोस एडहानम गेहब्रेससले सो कुरा बताएका हुन् । उनले पत्रकारसँगको कुराकानीका क्रममा पछिल्ला १० दिनमध्ये ९ दिनमा दैनिक रुपमा १ लाखभन्दा बढी संक्रमित भेटिएको बताएका छन् ।

उनले यसमध्ये ७५ प्रतिशत संक्रमण १० देशमा मात्रै रहेको बताए । यसरी अत्यधिक संक्रमित भेटिएका १० देशमा अमेरिकी र एसियाली देश नै रहेका छन् ।



टेड्रोसले कतिपय देशमा सकारात्मक संकेत देखिएको समेत बताएका छन् । उनले अलग अलग अध्ययनअनुसार अहिले पनि वैश्विक स्तरमा अझै पनि ठूलो जनसंख्या कोरोना भाइरसका कारण अति संवेदनशील अवस्थामा रहेको बताएका छन् ।

सम्बन्धित समाचार