अमेरिकी महिला बक्सर मिकेला मेयरलाई कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । जुनियर लाइटवेट बस्कर मिकेलाले आइतबार सामाजिक संजालबाट आफुलाई कोरोना भएको बताएकी छिन् ।
मेरो टिमको परिक्षण नकारात्मक रह्यो र ती सबै राम्रा स्वास्थ्यमा छन्, मिकेलाले भनेकी छैन, तपाईहरुका लागि बक्सिङ फिर्ता लिनका लागि उत्सुक थिएँ तर म आफ्नो लागि, मेरो टिम, समर्थकहरु र विपक्षीका लागि निराश छु ।
मिकेलालाई कोरोना देखिएसँगै मंगलबार तय भएको उनको फाइट स्थगित गरिएको छ । २९ वर्षीय मिकेलाले मंगलबार नाइजेरियन खेलाडी हेलेन जोसेफसँग खेल्ने कार्यक्रम रहेको थियो ।
एजेन्सी