भारतबाट फर्केर बाराको सिम्रौनगढ नगरपालिकास्थित क्वारेन्टाईनमा बस्दै आएका ८ जनामा बुधबार कोरोना संक्रमणको पुष्टि भएको छ ।
नगरपालिकाको कंकालिनी माध्यमिक बिधालयको क्वारेन्टाईनमा बस्दै आएका ८ जनामा कोरोना सँक्रमणको पुष्टि भएको नगरपालिकाका स्वास्थय सह सँयोजक राजेन्द्र साहले जानकारी दिए। सँक्रमित सबै जना पुरुषहरु नै छन ।
क्वारेन्टाईनमा बस्दै आएका १२, १९, २३, ३५, ३८, ४० र २७ वर्षका दुई जना गरी आठ जना पुरुषमा कोरोना संक्रमण देखिएको साहले बताए । उनीहरुको गत जेठ २२ गते स्वाब सँकलन गरि हेटौडा स्थित प्रयोगशालामा पठाइएकोमा त्यहा परिक्षण गर्दा उनीहरुमा कोरोना संक्रमणको पुष्टि भएको हो ।
संक्रमित मध्ये क्वारेन्टाईनमा बस्दै आएका १२, १९, २३, ३५, ३८, ४० र २७ वर्षका दुई गरी आठ जना पुरुष रहेका छन् ।
संक्रमित सबैलाई उपचारको लागि कलैया उप(महानगरपालिका स्थित शैक्षिक तालिम केन्द्रमा निर्माण गरिएको कोरोना अस्थायी विशेष अस्पतामा ल्याउने तयारी भैरहेको साहले बताए ।