लामो प्रतीक्षापछि बल्लतल्ल स्वदेश फर्किए कुवेतबाट महिला कामदारहरु

जजिरा एयरलाइन्सको विमानबाट कुबेतमा रहेका केही नेपालीहरु बिहीबार स्वदेश फर्किएका छन् । जजिरा एयरको पहिलो विमान मार्फत बिहीबार कुबेतमा रहेका १६१ जना नेपाली महिला स्वदेश फर्किएका हुन् ।

नेपाली कामदारहरु बिहीबार मध्याहन्न जजिरा एयरको विमानमा त्रिभुवन विमानस्थलमा अवतरण भएका हुन् । जजिरा एयरको दोस्रो विमान पनि बिहीबार नै थप नेपालीलाई लिएर आएको छ ।



पहिलो उडान मार्फत आएका १६१ जना सबै महिला हुन् । यसरी आउनेमा तीनजना गर्भवती महिला पनि रहेका छन् ।

कुवेत सरकारकै पहलमा स्वदेश फर्किन चाहने नेपाली कामदारहरु लिएर जजिरा एयरलाइन्सका विमान आएको हो । बिहीबार आउनेमा अधिकांश घरेलु कामदारका रुपमा कुबेत गएका महिलाहरु रहेका छन् ।

सम्बन्धित समाचार