असार ७ गते सूर्यग्रहण लाग्ने, ग्रहणको समयमा के गर्ने ?

नेपालबाट असारको ७ गते सूर्यग्रहण देखिदै छ । नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्र देख्न सकिन्छ । यस ग्रहणलाई कंगो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणीभाग, भारतको देहरादून, कुरुक्षेत्र, चीनको तिब्बत, आदि ठाउँहरुवाट वलय सूर्यग्रहण देख्न सकिन्छ भने नेपालबाट खण्डग्रास सूर्यग्रहण देखिने छ ।

नेपालकै भू–भाग लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट भने सबैभन्दा धेरै ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिन्छ भने काठमाडौँबाट ८८ प्रतिशतसम्म सूर्य ढाकिने छ ।



असार ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट विहान १० बजेर ५५ मिनेटबाट सुरु भई अपरान्ह दुई बजेर २४ मिनेटमा समाप्त हुँदैछ । विहानको १२ वजेर ४१ मिनेट जादा सूर्यलाइ हामीहरुले करीव ८८ प्रतिशत ढाकेको देख्नेछौँ भने उक्त समयमा वातावरणीय तापक्रम घटेर चिसो अनुभव सबैले महशुस गर्नेछन् । त्यसदिन दुई पटक विहान भएको पो हि कि भन्ने अनुभव सवैले गर्ने छन् ।

यदि धर्मशास्त्रमा विश्वास गर्ने हो भने यो सूर्यग्रहण मेष राशी, सिंह राशी, कन्या राशी तथा मकर राशी भएका मानिसले मात्र हेर्न हुन्छ । तथापि वैज्ञानिकहरु भने सूर्यग्रहण जो कोहिले सुरक्षित तरिका अपनाएर हेर्न हुने मान्दछन् ।

ग्रहणको समयमा के गर्ने ?
ग्रहणको समयमा ग्रहण स्पर्शभए संगै नदी, तलाउ, पोखरी, तिर्थस्थान, खोला, समुन्द्र आदिमा स्नान गर्ने र त्यसै पूण्यकाल अर्थात् ग्रहणको समयमा यथाशक्ति एवं भक्तिले जनावर, चराचुरूङ्गी, नीमुखा प्राणि तथा असहाय प्राणिहरूलाई दान तथा सहयोग गर्नु निक्कै राम्रो मानिन्छ ।

यसकासाथै ग्रहणकालमा आफ्नो दिक्षा मन्त्रहरू छ भने जप गर्नु, नभए भगवानको मन्त्रहरूको जप तथा ध्यान, होम आदि गर्नाले हजारौँ गुणा बढी फल मिल्ने शास्त्रोक्त वचन छ । यदि आफ्नो राशिको महादशा, अन्तर्दशा थाहा छ भने त्यसको जप गर्नाले ग्रहपीडा कमभई नवग्रहको असिम कृपा प्राप्त हुनेछ ।

सम्बन्धित समाचार