सेफ्टीले विद्यायहरूमा स्यानिटरी नेपकिन वितरण गर्ने सरकारी पहलमा साथ दिने

नेपाल सरकारले बालिकाहरूको पढाइमा रजस्वला भएकै कारण व्यवधान उत्पन्न नहोस् भन्ने उद्देश्यका साथ नेपालभरका विद्यालयहरूमा सित्तैंमा स्यानिटरी प्याड वितरण गर्ने घोषणा गरिसकेको छ । नेपालका ग्रामीण भेगका किशोरीहरू रजस्वला हुँदा पनि विद्यालय जानबाट नछुटुन् भन्नलाई मासिक स्राव सम्बन्धी स्वच्छ, स्वस्थ उत्पादनहरू बालिकाहरूको पहुँचमा सजिलै पुग्न सकुन् भनेर ‘सेफ्टी’ ले विद्यायहरूमा स्यानिटरी नेपकिन वितरण गर्ने सरकारी पहलमा साथ दिन आफ्नो नयाँ उत्पादन ‘स्कूल गर्ल’ बजारमा ल्याएको एक विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।

नेपालको ग्रामीण भेगमा बसोबास गर्ने ठूलो संख्याका बालिका, किशोरी तथा युवतीहरू हरेक वर्ष पिसाबलगायत विभिन्न किसिमका रोगको संक्रमणबाट पिरोलिने गरेको पाइएको छ । यसको एउटा कारण स्यानिटरी प्याडमा उनीहरूको पहुँच नभएकोले त्यसबाट उत्पन्न हुने अस्वस्थ्यकर मासिक स्राव सरसफाइ नै हो । यसै तथ्यलाई मध्यनजर राखेर सेफ्टीले सरकारद्वारा जारी आवश्यक मापदण्डहरू अनुकूल हुने गरी नयाँ स्यानिटरी प्याड ‘स्कूल गर्ल’ बजारमा ल्याएको जनाएको छ ।



लम्बाई २४० मिमि, मोटाई १३ मिमि र चौडाई ६५ मिमि हुनुका साथै पर्याप्त सोस्ने क्षमता भएको र प्रयोग गरेपछि नष्ट गर्न मिल्ने हुनु तथा नेपालकै उत्पादन हुनु यस प्याडको विशेषता हो । यो प्याड सरकारको निर्देशन अनुसारका गुणस्तरहरूमा आधारित रहेर उच्च मापदण्डको बनाइएको छ ।

स्कूल गर्ल स्यानिटरी प्याड बिक्री शुभारम्भ गर्दै सेफ्टीका बजार व्यवस्थापक स्वर्णिमा राजभण्डारीले भने ‘हामी यस नयाँ उत्पादन स्कूल गर्ललाई सरकारको मापदण्ड अनुकूल हुने गरी प्रस्तुत गर्न सक्षम भएकोमा हर्षित एवं गौरवान्वित पनि भएका छौं र स्यानिटरी प्याडहरू निःशुल्क वितरण गर्ने भनी सरकारले गरेको पहलमा हाम्रो तर्फबाट पनि सहयोग रहने अपेक्षा गरेका छौं । अब यस प्याडको सहायताबाट मासिक स्राव भएको बखतमा पनि किशोरीहरू निरन्तर विद्यालय जान सक्नेछन् ।’

सम्बन्धित समाचार