समुद्रको पिँधको नक्सा तयार हुँदै

पृथ्वीमा रहेको समूद्रका तल्लो सतह (पिँध) को पूर्ण नक्सा तयार गर्ने अभियान अन्तर्गत अहिलेसम्म पाँच भागको एक भाग समुद्री क्षेत्रको सर्वे सकिएको वैज्ञानिकले बताएका छन् ।

निपो फाउन्डेशन–जिइबिसिओ सिबेड २०३० प्रोजेक्ट अन्तर्गत सम्पूर्ण समुद्र सतहको नक्सा तयार पार्ने प्रयास गरिएको हो । सन् २०१७ मा यो अभियान सुरु हुँदा आधुनिक गुणस्तर अनुरुप मात्रै ६ प्रतिशत समुद्री पिँधको सर्वे भएको थियो । हाल सो तथ्यांक १९ प्रतिशतमा पुगेको छ । सन् २०१९ मा १४।५ मिलियन स्क्वायर किलोमिटर समुद्री पिँधको क्षेत्रफलको तथ्यांक समावेश भएको छ ।



तर अझै पनि पाँच मध्ये चार भाग समुद्री पिँधको आधुनिक सर्वे हुन बाँकी रहेको छ ।

समुद्रको ८१ प्रतिशत क्षेत्रफल अझै पनि सर्वे गर्न बाँकी रहेको परियोजना निर्देशक जेमी म्याकमाइकल–फिलिप्सले बताएका छन् ।

सम्बन्धित समाचार