राकुटेन भाइबरले एक विज्ञप्ति प्रकाशित गरी भाइबर एपमा डाटा सुरक्षित रहने दाबी गरेको छ । यसले विज्ञप्तिमा भनेको छ– कोभिड–१९ को महामारी भएदेखि हामीमध्ये धेरैले न्यू नर्मल अपनाइ आ–आफ्नो घरको सुरक्षामा बसेका छौं । यस लगतै हाम्रो इन्टरनेट प्रयोग पनि, फोब्र्सका अनुसार, लगभग ७० प्रतिशतले ह्वात्तै बढेको छ । त्यसैले अहिले हामीले घरबाट काम गरिरहेको बेला, हाम्रा उपकरणहरूको सहायताले टाढा रहेका हाम्रा प्रियजनहरू तथा साथीभाइहरूसँग कुराकानी गर्दा हाम्रो गोपनीय जानकारी पहिलेभन्दा बढी जोखिममा पर्न सक्छ ।
सम्भवत तपाईंले क्वारेन्टाइनको समयमा लोकप्रिय बनेका धेरै सञ्चार एपहरूमा पनि गोपनीयताको विषयलाई लिएर उठेको खबरहरू सुन्नु भएको नै हुनुपर्छ । यी प्रायः गरेर भिडियो कन्फरेन्स एप अथवा मोबाइल भिडियो सोसियल नेटवर्किङ्ग एपहरू हुन् जसले तपाईंको डाटालाई तेस्रो पक्षमा लिक गराउन सक्छन् । यसका साथै कोभिड–१९ को विस्तार रोकथाम गर्न गरिने कन्ट्रयाक्ट ट्रेसिङ्गको लागि निर्माण गरिएका एपहरू प्रयोग गर्नमा समेत सावधान गराइएको छ । यी एपहरू अहिलेको परिस्थितिमा सहयोगी हुने भएपनि तिनले रियल टाइममा स्थलगत डाटा भण्डारण र प्रशोधन गर्न सक्छन् ।
मानिसहरू पनि आफ्ना शौख र रूचीहरूसँग मेल खाने समुदायहरू वा समूहहरूसँग आबद्ध हुने पनि यही दौरान सामाजिक सञ्जालमा अग्रसर भएका छन् । हालको आर्थिक अनिश्चितताको समयमा मानिसहरूलाई सबै सुविधा दिने प्रयास गर्दै अनलाइन मार्केटस्थलहरू पनि धेरै सक्रिय भएका छन् । तर मानिसहरूले के महसुस गर्दैनन् भने त्यस्ता केही सार्वजनिक समुहहरूले प्रयोगकर्ताहरूको व्यक्तिगत विवरण अन्य अपरिचित व्यक्तिहरू माझ खुला गरिदिन सक्छन् । अन्य मैसेजिङ्ग एपहरूले प्रयोगकर्ताहरूको व्यक्तिगत एवं गोपनीय च्याटहरू स्क्यान गरी त्यो डाटा लक्षित विज्ञापन गर्नका लागि प्रयोग गर्न सक्छन् । केही एपहरू कानून कार्यान्वयन गर्ने निकायहरूलाई ट्रयाकिङ्ग गर्नका लािग सन्देश तथा डाटाहरू उपलब्ध गराउनसम्म पहुँच राख्न सक्ने हुन्छन् ।
यसले गर्दा एक महत्वपूर्ण प्रश्न अघि आउन सक्छ : कुन एपलाई तपाईंले यो सामाजिक दूरीको युगमा आफ्नो गोपनीयतासँग साँच्चिकै विश्वास गर्न सक्नुहुन्छ ?
राकुटेन भाइबर विश्वका प्रमुख मैसेजिङ्ग एपहरूमध्ये एक हो जसले तपाईंलाई तपाईको अनलाइन सुरक्षा प्राथमिकीकरण गर्न धेरै तरिकाहरू प्रदान गर्दछ । यो हाम्रो प्रयोगकर्ताहरूको डाटा संरक्षण गर्नलाई गरिएको हाम्रोे प्रतिबद्धताप्रति ऐक्यबद्धमा आधारित छ । ‘अन्य एपहरूले प्रयोगकर्ताकोे डाटा बजारमा प्रवद्र्धन गरी मार्केटिङ्ग अभियानहरूको सुधार गर्न वा अन्य कम्पनीहरूलाई बिक्री गर्न प्रयोग गर्न सक्छन् भने भाइबरबाट प्रेषित निजी सन्देशहरू स्वतः नै इन्क्रिप्टेड हुन्छन्, जसको अर्थ हो कि भाइबरले पनि भाइबर प्रयोगकर्ताहरूको च्याट हेर्न असम्भव नै हुन्छ । भाइबरमा तपाईंले यो सुनिश्चित् गर्न सक्नु हुन्छ कि तपाईंले पठाउनु हुने प्रत्येक सन्देश तपाईंले जुन उपकरणलाई पठाउनु भएको हो, त्यसमा मात्र पढ्न सकिन्छ ।’ राकुटेन भाइबरका सिइओ जमेल अगाउवाले भने ।
विज्ञप्तिमा अगाडि भर्निको छ– जब एप इन्स्टल गर्ने कुरा आउँछ तब पनि सावधानी अपनाउन जरूरी हुन्छ । केवल विश्वासिला स्टोरहरू जस्तै एप स्टोर वा प्ले स्टोरबाट एपहरू प्राप्त गर्नुहोस् र यदि ती एपहरू भरोसापूर्ण र सुरक्षित छन् भने मात्र डाउनलोड गर्नुहोस् । धेरैजसो एपहरूले तपाईंको डाटा संग्रह गर्न, व्यवसाय गर्न र विज्ञापन गर्ने उद्देश्यहरूले प्रयोग गर्न सक्छन् भन्ने सम्झनुहोस् । तपाईंको फोनमा भएको प्रत्येक एपलाई सरसर्ती हेर्नुहोस् र यो ध्यानमा राख्नुहोस् कि हरेक एपले अव्यक्त रूपमा गोपनीयता समस्या ल्याउन सक्छन् । तपाईंले नसोच्नुभएको एप जस्तै एउटा फोटो इडिटिङ्ग एप पनि तपाईंको सम्पर्क, ठेगाना र विवरणसम्म पुग्ने बाटो हुन सक्दछ । तपाईंले शायदै प्रयोग गर्ने एप भेट्नु भएमा त्यसलाई मेटाइहाले तपाईंको फोनमा भएको एउटा सुरक्षा जोखिम कम हुनेछ ।
भाइबर पूर्वनिर्धारित नै इन्क्रिप्टेड भएकोले तपाईंले यसबाट आफ्नो डाटा लिक हुने वा बिक्री हुने चिन्ता लिइरहनु पर्दैन । ‘राकुटेन भाइबरमा हामी गर्वका साथ भन्छौँ कि हाम्रा प्रयोगकर्ताको गोपनीयतालाई हामी अगाडी राख्छौं । हामी तपाईंको डाटा कहिल्यै पनि बिक्री गर्ने छैनाँै र वास्तवमै हामी त्यो डाटा हेर्न समेत सक्दैनौ’ सिइओ अगाउवाले भने ।
तपाईंका सबै व्यक्तिगत अन्तरक्रियाहरू अनलाइन सार्दा केही सुरक्षा जोखिमहरू प्रस्तुत हुन सक्छन् तर यदि तपाईंले एपहरू होशियारीपूर्वक प्रयोग गरेमा र तपाईंको गोपनीयता अनलाइन संरक्षण गर्ने मापदण्डहरू अपनाउनु भएमा तपाईंले इन्टरनेटको डाटा माइनफिल्डममा रहेको सबै ट्रयापहरूबाट बच्न सक्नु हुन्छ र आफ्नो मनको शान्तिका साथ आफूलाई विश्वास लाग्ने व्यक्तिहरूसँग जोडिन सक्नुहुन्छ ।
राकुटेन भाइबरको बारेमा
राकुटेन भाइबरले मानिसहरूबीचको भौगोलिक तथा भावनात्मक दुरी हटाउन मद्दत गर्छ । हाम्रो विश्वव्यापी प्रयोगकर्ताले यी विशेषताहरू जस्तैः वान अन वान च्याट गर्ने, भिडियो कल गर्ने, ग्रुप म्यासेज गर्ने, तथा आफ्नो प्रिय ब्राण्डहरू र सेलिब्रेटीहरूका साथमा छलफल र तिनको जानकारी राख्ने लगायतमा आफ्नो पहुँच राख्दछन् । हामी हाम्रा प्रयोगकर्ताहरूलाई यो सुनिश्चित् गर्दछौं कि उनीहरूले आफ्नो भावना सुरक्षित एवं स्वतन्त्र वातावरणबीच साटासाट गर्न सक्दछन् ।
राकुटेन भाइबर राकुटेन इन्कर्पोरेटको एक हिस्सा हो, जुन विश्वव्यापी रूपमा इ–कमर्स तथा वित्तीय सेवाहरूमा अग्रणी रहेको छ । भाइबर एफसि बार्सिलोनाको आधिकारिक सञ्चार माध्यम हो भनें गोल्डेन स्टेट वारियर्सको आधिकारिक तत्काल मैसेजिङ्ग र कलिङ्ग एप पनि हो ।