स्पेनिस ला लिगा : बार्सिलोना फेरि शीर्ष स्थानमा

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना फेरि शीर्ष स्थानमा उक्लिएको छ। मंगलबार राति भएको खेलमा घरेलु टिम बार्सिलोनाले एथ्लेटिको बिलबाओलाई १-० गोलअन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा इभान राकिटिकले गोल गरे। उनकै एक मात्र गोलमा बार्सिलोना रियल मड्रिडलाई पछि पार्दै लिगको शीर्ष स्थानमा उक्लिएको हो ।

पहिलो हाफसम्म गोल रहित बराबरी खेलेको बार्सिलोनाले दोस्रो हाफको ७१औं मिनेटमा गोल गर्न सफल भयो। लियोनल मेस्सीको पासमा उनले गोल गरेका थिए । मेस्सीको यो सिजन मात्रै १५औं एसिष्ट हो । मंगलबार राति नै भएको अर्को खेलमा एथ्लेटिको मड्रिडले लेभान्टेलाई १–० गोलले पराजित गरेको छ।



जितपछि लिगको शीर्ष स्थानमा उक्लिएको बार्सिलोनाको ३१ खेलबाट ६८ अंक छ। पराजित एथ्लेटिको बिलबाओ भने लिगको १०औं स्थानमा छ। दोस्रो स्थानमा रहेको रियल मड्रिडको ३० खेलबाट ६५ अंक छ। त्यस्तै, एथ्लेटिको मड्रिड पनि लिगको तेस्रो स्थानमा उक्लिएको छ। उसको ३१ खेलबाट ५५ अंक छ।

सम्बन्धित समाचार