खुशीको खबर ! वैज्ञानिकले बनाए कोरोना भाइरस नष्ट गर्ने अचम्मको मास्क

कोरोना भाइरसबाट बच्नको लागि फेस मास्क एकदमै आवश्यक हुन्छ । तर भाइरसको लागि कुन इफेक्टिभ छ भन्ने कुरामा भने रिसर्च भईरहेको छ । यसैबीच इजरायलका शोधकर्ताहरुले एक रीयूजेभल मास्क बनाएका छन् । शोधकर्ताहरुको दाबी छ कि यो मास्कबाट भाइरस मर्दछ । साथै यो मास्क दोहोर्याएर प्रयोग गर्न सकिन्छ ।

इजरायलका शोधकर्ताहरुले भनेका छन् कि यो मोवाइल फोन चार्जरबाट उर्जा लिएर कोरोना भाइरसलाई गर्मीले नष्ट गरिदिन्छ । यो नराम्रो पनि नहुने बताइएको छ । हाफियाको टेनियन यूनिभर्सिटीका शोधकर्ताहरुको टिमका प्रमुख याइर इन इलीका अनुसार यो मास्क डिस्इन्फेक्ट गर्नमा ३० मिनेटको समय लाग्छ । मास्कलाई चार्ज गरिरहेको समयमा प्रयोग गर्न हुँदैन ।



यो मास्क एन ९५ मास्कको जस्तै छ र त्यसमा एक वल्व रहेको छ भने एक व्यान्ड रहेको छ, जसलाई पछाडी शिरमा लगाइन्छ । यो मास्कलाई चार्ज गर्नका लागि यूएसबी पोर्ट बनाइएको छ । यसबाट पावर सोर्स प्राप्त हुन्छ । यो बिल्कुलै कोवाइल फोन चार्जरको जसरी ने काम गर्ने किसिमको रहेको छ । चार्जरबाट मास्कको भित्र रहेको कार्बन फाइबरमा ७० डिग्री सेल्सियससम्म तातो हुन्छ । जसले भाइरस नष्ट गर्न सहयोग गर्दछ ।

टेस्टिङमा २० पटक तताइएको थियो

टेस्टिङका बेला प्रोटोटाइप मास्कलाई २० पटक तातो बनाइएको थियो । हरेक पटक आधा घण्टासम्म यसलाई चार्ज गरेर परीक्षण गरिएको थियो ।

तर यो मास्कले नकरात्मक असर केहि गरेन । यो मास्क बिना कुनै जोखिम प्रयोग गर्न सकिने बताइएको छ ।

सम्बन्धित समाचार