इंग्लिस प्रिमियर लिगः चेल्सीसँग म्यानचेस्टर सीटी पराजित

इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सीटी पराजित भएको छ । गएराति भएको खेलमा १० खेलाडीमा सीमित सीटी चेल्सीसँग २ – १ गोल अन्तरले पराजित भएको हो । घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन क्रिस्टियन पुलिसिच र विलियनले एक एक गोल गरे । सीटीका केभिन डी ब्रुयनले एक गोल फर्काए । रोमान्चक बनेको खेलको ३६ औं मिनेटमा पुलिसिचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।

५५ औं मिनेटमा ब्रुयनले गोल गर्दै सीटीलाई १९१ गोलको बराबरीमा फर्काए । खेलको ७७ औं मिनेटमा फेर्नान्डिन्होले रातो कार्ड पाएपछि सीटी १० खेलाडीमा समेटियो ।



त्यसको एक मिनेट नबित्दै चेल्सीले पेनाल्टी प्राप्त गर्यो । जसमा विलियनले गोल गर्दै चेल्सीलाई २ –१ को जित दिलाए । चेल्सीको जितसँगै लिभरपुलले प्रिमियर लिगको उपाधि जितेको छ ।

चेल्सीसँग पराजित भएपछि दोस्रो स्थानको सीटी लिभरपुल भन्दा २३ अंकले पछि परेको छ । सीटीको ३१ खेलमा ६३ अंक रहेको छ । लिभरपुलको ८३ अंक रहेको छ । सीटीलाई हराएको चेल्सीले ५४ अंक जोडेको छ ।

सम्बन्धित समाचार