कोरोनाबाट विश्वभर ५ लाख ३३ हजारको ज्यान गयो, १ करोड १३ लाखभन्दा बढी संक्रमित

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड १३ लाख ७९ हजार २६९ पुगेको छ । त्यसमध्ये १ लाख ८९ हजार ४१३ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ४ हजार ४८९ छ । योसँगै मृत्यु हुनेको संख्या ५ लाख ३३ हजार ३९१ पुगेको छ ।

संक्रमण देखिएको ६ महिनाभन्दा बढी हुँदा निको हुनेको संख्या पनि क्रमिकरूपमा बढ्दै गएको छ । यो समाचार तयार पार्दासम्म ६४ लाख ३३ हजारभन्दा बढी उपचारपछि निको भएका छन् ।



कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९३ हजार ४३२ जनाको मृत्यु भएको छ । २४ लाख ६६ हजार ३६३ जना संक्रमित भएकोमा १४ लाख २४ हजार १२२ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ७४ हजार ४७३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ३४ लाख २९ हजार ४०६ पुगेको छ । त्यसमध्ये १५ लाख २९ हजार ६७३ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ६१ हजार ६१ जनाको मृत्यु भएको छ । २५ लाख २६ हजार ९२३ जना संक्रमित भएकोमा १७ लाख २८७ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा ९२ हजार ६२३ जनाको मृत्यु भएको छ । २४ लाख ७२ हजार ६१ जना संक्रमित भएकोमा १५ लाख ४३ हजार ७९६ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा ११ हजार ११७ जनाको ज्यान गएको छ भने ४ लाख ६६ हजार १६८ संक्रमित छन् । संक्रमितमध्ये २ लाख २४ हजार ८०८ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२६ जनाको मृत्यु भएको छ । १० हजार ४ जना संक्रमित भएकोमा ८ हजार ९५२ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा भने १५ हजार ४९१ जनामा संक्रमण देखिएकोमा ३४ जनाको निधन भैसकेको छ । ६ हपार ४१५ जना भने उपचारपछि निको भएका छन् ।

सम्बन्धित समाचार