क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना पुष्टि, नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३५ पुग्यो

बाग्लुङमा क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सामाजिक विकास निर्देशनालय पोखराले विज्ञप्ति जारी गर्दै क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना पोजेटिभ देखिएको जानकारी दिएको हो ।

गए राति निसीखोला गाउँपालिका–२ का २९ वर्षीय उनको क्वारेन्टिनमै मृत्यु भएको थियो । उनी केही समय अघि भारतबाट आएर ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका थिए ।



योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ ।

सम्बन्धित समाचार