कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ लाख ४० हजार नाघ्यो, १ करोड १७ लाख संक्रमित

विश्वभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ लाख ४० हजार ६६० पुगेको छ । सोमबार एकै दिन ३ हजार ५८३ को मृत्यु भएको थियो । यस्तै १ करोड १७ लाख ३९ हजार १६७ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ७१ हजार ५०८ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् । यो समाचार तयार पार्दासम्म ६६ लाख ४१ हजारभन्दा बढी उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९३ हजार ९८९ जनाको मृत्यु भएको छ । २४ लाख ९२ हजार ८०४ जना संक्रमित भएकोमा १४ लाख ३७ हजार ४२५ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ७६ हजार १२० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ३५ लाख ५५ हजार ६७ पुगेको छ । त्यसमध्ये १५ लाख ९३ हजार ४१८ जना संक्रमणमुक्त भएका छन् ।



यस्तै एसियाली मुलुकहरूमा ६३ हजार २९३ जनाको मृत्यु भएको छ । २६ लाख ३० हजार ११७ जना संक्रमित भएकोमा १७ लाख ७८ हजार ३१५ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा ९४ हजार ९२५ जनाको मृत्यु भएको छ । २५ लाख ४९ हजार ५१७ जना संक्रमित भएकोमा १५ लाख ६६ हजार ६१५ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा ११ हजार ४६९ जनाको ज्यान गएको छ भने ४ लाख ९३ हजार ७१० संक्रमित छन् । संक्रमितमध्ये २ लाख ३८ हजार ४६४ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२८ जनाको मृत्यु भएको छ । १० हजार २३३ जना संक्रमित भएकोमा ९ हजार १७ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा भने १५ हजार ९६४ जनामा संक्रमण देखिएकोमा ३५ जनाको निधन भैसकेको छ । ६ हजार८११ जना भने उपचारपछि निको भएका छन् ।

सम्बन्धित समाचार