यी २३ स्थानमा भेटिए काठमाडौं उपत्यकाका २७६ संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २८ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै उपत्यकाका तीन जिल्लामा हालसम्म २७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंमा १४ जना, ललितपुरमा १० जना र भक्तपुरमा ४ जना संक्रमित देखिएका हुन् ।

हालसम्म उपत्यकाका काठमाडौंमा १७५ जना, ललितपुरमा ४९ र भक्तपुरमा ४३ जना संक्रमित भएका छन्। योसँगै उपत्यकामा तीन जिल्लामा हालसम्म २७६ जनामा कोरोना संक्रमण देखिएको हो। ती मध्ये ७९ जना संक्रमितहरु विदेशबाट हवाइ उद्धारमार्फत नेपाल आएका व्यक्तिहरु हुन् ।



काठमाडौंको चन्द्रागिरि, बूढानीलकण्ठ, धुम्बाराही, तारकेश्वर, गोल्फुटार, ट्याङ्लाफाँट, धापासी, वसुन्धारा, नैकाप, टेकु, हाँडीगाउँ र कुलेश्वरमा सङ्क्रमित भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए।

यस्तै ललितपुरको धोवीघाट, चापागाउँ, कुपण्डोल, ग्वार्को, खाङ्वुबहाल, गोटीखेल, भैंसेपाटी, गोदाबरी र ठेचों तथा भक्तपुरको बालकोट र गट्ठाघरमा सङ्क्रमण भेटिएको उनले बताए।

पछिल्लो २४ घण्टामा देशभर २०४ जना संक्रमित थपिएका छन्। यो संगै देशभर कूल संक्रमितको संख्या १६ हजार१ सय ६८ पुगेको छ।

सम्बन्धित समाचार