नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ असार ।
आजका लागि तय भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक असार २६ गते शुक्रबारसम्मका लागि स्थगित भएको हो। पार्टीभित्रको विवादका कारण बिहान ११ बजेका लागि बोलाइएको बैठक शुक्रबारसम्मका लागि सरेको हो।
नेकपाभित्र चर्किएको विवादका कारण बैठक लगातार चार पटकसम्म स्थगित भएको छ। गत बुधबार र विहीबारको बैठकमा प्रधानमन्त्रीको राजीनामा माग भएको थियो। त्यसपछि अध्यक्षद्वयबीच विवाद समाधानका लागि छलफल चलिरहेको छ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच केही दिनयता नियमित छलफल भैरहेको छ । सहमतिका लागि पटकपटक छलफल भएपनि निकास निस्कन सकेको छैन। यसअघि सोमबारका लागि तय भएको स्थायी कमिटीको बैठक आज (बुधबार)सम्मका लागि स्थगित भएको थियो।