सरिता गिरीको ठाउँमा लीला सिटौलालाई सांसद बनाउने समाजवादी पार्टीकाे तयारी

काठमाडौं । समाजवादी पार्टीले सरिता गिरीलाई सांसदबाट बर्खास्त गरेपछि लीला सिटौलालाई प्रतिनिधिसभामा पठाउने भएको छ । ललितपुरकी स्थायी बासिन्दा रहेकी सिटौला गिरीभन्दा तल्लो लाइनमा थिइन् ।

खस आर्य महिला समानुपातिक कोटाबाट सांसद बनेकी गिरीको स्थानमा सिटौला स्वतः सांसद बन्ने लाइनमा छिन् । अब उनी प्रतिनिधिसभा सदस्य बन्ने भएकी हुन् । समाजवादीका एक नेताले दिएको जानकारीअनुसार सिरहा निवासी गिरी बर्खास्त भएसँगै सिटौला सांसद बन्नेछिन् ।



समाजवादी पार्टीकी केन्द्रीय सदस्य रहेकी सिटौला लामो समयदेखि पार्टीमा आबद्ध छिन् । आयोगले पनि समानुपातिकमा गिरीभन्दा पछाडि जो छ उसैलाई सांसद बनाउने स्पष्ट व्यवस्था रहेको जनाएको छ।

सम्बन्धित समाचार