ओली-प्रचण्डबीचको वार्ता सकियो, भयाे यस्ताे सहमति, भाेलि मूर्तरुप दिइने

पार्टीभित्र देखिएको विवाद समाधानका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको वार्ता सकिएको छ । बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्ता सकारात्मक भएको प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटाले जानकारी दिए ।

जारी स्थायी कमिटी बैठक स्थगित गरेर ओली–प्रचण्डबीच चार दिनदेखि लगातार वार्ता भइरहेको छ। बुधबारको वार्तामा विषय केन्द्रित छलफल भइरहेकोले नेताद्धय छिट्टै विवाद समाधानमा सफल हुने अपेक्षा रहेको सापकोटाले जानकारी दिए ।



ओली र प्रचण्डबीच पार्टी एकता जोगाएरै विवादको समाधान गर्ने सहमति भएको छ । त्यसको लागि दुबै अध्यक्षले त्याग गर्ने भनिएको छ । तर कुन अध्यक्षले के-के त्याग गर्ने भन्नेबारेमा भोलिसम्म सहमतिमा पुग्नेगरी तयारी भैरहेको स्रोतको दाबी छ ।

तत्काल दुबै पक्षको अपमान नहुने गरि निर्णय लिनेमा पनि दुई अध्यक्ष सहमत देखिएका छन् । त्यसको लागि तत्काल ओली पार्टी अध्यक्षबाट राजीनामा दिएर सरकार सञ्चालनमा केन्द्रीत हुने र निच्चित अवधिपछि प्रधानमन्त्री पदबाट राजीनामा दिनेगरी अध्यक्षद्धयबीच सहमतिको ड्राफ्ट बनिरहेको स्रोतको दाबी छ । यस विषयमा ओली र प्रचण्डले आ आफूनिकटका नेताहरुसँग परामर्श गरेर भोलि निर्णय लिने बताइएको छ ।

ओली-प्रचण्डबीच गत आइतबारबाट हरेक दिन वार्ता भइरहेको थियो । ओली–प्रचण्ड वार्ता हुने भएपछि बुधबार बिहानका लागि बोलाइएको स्थायी कमिटी बैठक शुक्रबारसम्मका लागि सारिएको छ।

सम्बन्धित समाचार