नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ असार ।
विश्वभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ लाख ५२ नाघेकाे छ । त्यसमध्ये ५ हजार ५१८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । यस्तै १ करोड २१ लाख ६२ हजार ६७५ जना संक्रमित भएका छन् । त्यसमध्ये २ लाख १३ हजार २२४ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् । यो समाचार तयार पार्दासम्म ७० लाख २९ हजारभन्दा बढी उपचारपछि निको भएका छन् ।
कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९५ हजार ५० जनाको मृत्यु भएको छ । २५ लाख १८ हजार ५०७ जना संक्रमित भएकोमा १४ लाख ६५ हजार ४१० जना संक्रमणमुक्त भएका छन् ।
उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ७९ हजार ६४७ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ३६ लाख ९३ हजार ४९९ पुगेको छ । त्यसमध्ये १६ लाख ८७ हजार ७३४ जना संक्रमणमुक्त भएका छन् । यस्तै एसियाली मुलुकहरूमा ६५ हजार ५१६ जनाको मृत्यु भएको छ । २७ लाख ३५ हजार ७८५ जना संक्रमित भएकोमा १८ लाख ७३ हजार ४५६ जना संक्रमणमुक्त भएका छन् ।
दक्षिण अमेरिकी मुलुकहरूमा ९८ हजार ५६४ जनाको मृत्यु भएको छ । २६ लाख ७० हजार ६०५ जना संक्रमित भएकोमा १७ लाख ३३ हजार ८२ जना संक्रमणमुक्त भएका छन् । अफ्रिकी मुलुकहरूमा १२ हजार २७० जनाको ज्यान गएको छ भने ५ लाख २५ हजार ८९२ संक्रमित छन् । संक्रमितमध्ये २ लाख ५५ हजार ८५७ जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२८ जनाको मृत्यु भएको छ । १० हजार ५२८ जना संक्रमित भएकोमा ९ हजार ८६ जना संक्रमणमुक्त भएका छन् ।
नेपालमा भने १६ हजार ४२३ जनामा संक्रमण देखिएकोमा ३५ जनाको निधन भैसकेको छ । संक्रमितमध्ये ७ हजार ७५२ जना उपचारपछि निको भएका छन् ।