प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार बेलुका नेपाल टेलिभिजनमा ८ बजेको समाचार सकिएपछि सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीले कुन विषयमा सम्बोधन गर्ने भन्ने सार्वजनिक गरिएको छैन। तर देशभरि गइरहेको बाढी पहिरो र कोरोना संक्रमणको विषयलाई लिएर सम्बोधन गर्न सक्ने बताइएको छ।



पछिल्लो समय पार्टीभित्रको विवादका विषयमा पनि सम्बोधन गर्न सक्ने आँकलन गरिएको छ।

सम्बन्धित समाचार