विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ लाख ६२ हजार नाघ्यो, १ करोड २६ लाखभन्दा बढी संक्रमित

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख ६२ हजार ८२० पुगेको छ । यस्तै १ करोड २६ लाख २५ हजार ८६० जना संक्रमित भएका छन् । त्यसमध्ये २ लाख ३४ हजार ६६३ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् । एकै दिन १ लाख ३४ भन्दा बढी कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् । शनिबार बिहान यो समाचार तयार पार्दासम्म निको भएका ७३ लाख ६१ हजार ६५९ संक्रमितमध्ये १ लाख ३४ हजार ६१८ जना पछिल्लो २४ घण्टामा डिस्चार्ज भएका हुन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९५ हजार ८७६ जनाको मृत्यु भएको छ । २५ लाख ४६ हजार ८९९ जना संक्रमित भएकोमा १४ लाख ९१ हजार ९९५ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ८३ हजार १७१ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ३८ लाख ४९ हजार २१५ पुगेको छ । त्यसमध्ये १७ लाख ६२ हजार १२३ जना संक्रमणमुक्त भएका छन् ।



यस्तै एसियाली मुलुकहरूमा ६७ हजार ७२७ जनाको मृत्यु भएको छ । २८ लाख ४८ हजार ६० जना संक्रमित भएकोमा १९ लाख ५८ हजार ६५० जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख २ हजार २२७ जनाको मृत्यु भएको छ । २७ लाख ९६ हजार ५१ जना संक्रमित भएकोमा १८ लाख २३ हजार १०१ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १२ हजार ८०३ जनाको ज्यान गएको छ भने ५ लाख ६२ हजार ३५७ संक्रमित छन् । संक्रमितमध्ये २ लाख ७४ हजार १८८ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२८ जनाको मृत्यु भएको छ । ११ हजार २१ जना संक्रमित भएकोमा ९ हजार १८० जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा भने १६ हजार ६४९ जनामा संक्रमण देखिएकोमा ३६ जनाको मृत्यु भैसकेको छ । ८ हजार ११ जना भने उपचारपछि निको भएका छन् ।

सम्बन्धित समाचार