के कोरोना भाइरस कहिल्यै पूर्ण रुपमा अन्त्य हुँदैन ? के भन्छ विश्व स्वास्थ्य संगठन ?

विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोना भाइरस पूर्ण रुपमा अन्त्य हुन मुस्किल हुने बताएको छ । संगठनका आकस्मिक परियोजना प्रमुख डाक्टर माइक रायनले यो भाइरस पूर्ण रुपमा निर्मूल हुने अवस्था नदेखिएको बताए । जेनेभामा भएको अनलाइन सम्मेलनमा उनले अहिलेको स्थितिलाई हेर्दा भाइरस पूर्ण रुपमा अन्त्य गर्न नसकिने भएकाले जहाँ बढी फैलिएको छ, त्यहाँ फैलनबाट रोक्न सक्नुपर्ने र दोस्रो लहर आउन दिन नहुने बताए ।

यसैबीच विश्व सवस्थ्य संठगनले गएको २४ घण्टामा कोरोना संक्रमितको संख्या अहिलेसम्मकै बढी देखिएको जनाएको छ । संगठनका अनुसार गएको २४ घण्टाको अवधिमा कोरोना सङ्क्रमित २ लाख २८ हजार १ सय २ जना थपिएका छन् । यीमध्ये अधिकांश अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकाका रहेका छन् ।



विश्वमा अहिलेसम्म कोरोना भाइरस सङ्क्रमितको संख्या १ करोड २६ लाख २५ हजारभन्दा धेरै रहेका वल्डोमिटरले जनाएको छ । यस्तै भाइरसका कारण ५ लाख ६२ हजार ७ सयभन्दा धेरैको ज्यान गइसकेको छ । अमेरिकाको नेश्नल इन्स्च्यिुड अफ एलर्जी इन्फेक्सियस डिजिजका प्रमुख डाक्टर एन्थोनी फाउचीले लकडाउन खोल्न हतार गर्दा अमेरिकामा मानवीय क्षति धेरै भएको बताए । यसैबीच कजाकिस्तानले निमोनियाजस्तो देखिने पहिचान नभएको रोग कोरोना सङ्क्रमण नभएको दाबी गरेको छ ।

सम्बन्धित समाचार