नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ असार ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसको महामारीलाई लिएर त्यति मतलब राख्दैन थिए । उनले कोरोनाको संक्रमण बितेका केही महिना यता सामान्य रुपमा लिँदै आएका थिए । उनले केही सार्वजनिक ठाउँमा भएको कार्यक्रममा समेत बिना मास्क जाने गर्दथे । तर अहिले केही दिन यता ट्रम्प परिवारमा परिवर्तन आएको छ ।
राष्ट्रपति ट्रम्प सहित उनको परिवार अहिले मास्क लगाएर हिँड्न थालेको छ । उनी शनिवार एक अस्पतालमा जाँदा मास्क लगाएर गएका देखिएको थियो । त्यस्तै उनकी श्रीमति मेलानिया ट्रम्प पनि मास्क लगाउन थालेकी छन् । उनले ट्वीटरमा शेयर गरेको एक भिडियोमा उनी मास्क लगाएको देखिएको छ ।
उनले उक्त भिडियोमा एलिजावेथ हाउसको यात्रा विभिन्न ठाउँमा पुगेर सहयोग गरिएको देखाइएको छ । मास्क लगाउन नपर्ने बताउँदै आएका ट्रम्प परिवार अमेरिकामा लाखौँको मृत्यु भएपछि भने मास्क लगाउन थालेका छन् ।
अहिले उनको फोटो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । अमेरिकामा कोरोना भाइरसको कारण अहिलेसम्म १ लाख ३७ हजार ७८२ जनाको मृत्यु भईसकेको छ भने ३४ लाख १३ हजार ९९५ जनालाई संक्रमण भएको छ । त्यस्तै १५ लाख १७ हजार ८४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १५ हजार ८२२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
It was a pleasure to spend time with the staff, mothers & children at The Mary Elizabeth House, a place that helps strengthen families & provides life skills, counseling & educational resources to help vulnerable single women & their children. #BeBest pic.twitter.com/hQSjP0sHi1
— Melania Trump 45 Archived (@FLOTUS45) July 12, 2020