ह्वात्तै बढ्यो सुनको मूल्य, आज कति छ तोलाको ?

स्थानीय बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ । सुनको मूल्य प्रतितोला रु १३ हजार ३०० ले बढ्दा चाँदीको मूल्य पनि रु २६५ ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८८ हजार ९०० र चाँदीको मूल्य रु तीन हजार ९२० कायम भएको छ ।

हिजो बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ७५ हजार ६०० र चाँदीको मूल्य रु तीन हजार ६५५ कायम थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार एक सय ३४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार