फ्रान्सले स्वास्थ्यकर्मीको तलब अभूतपूर्व रुपमा बढायो

कोरोना महामारीले विश्व आक्रान्त रहेको बेला स्वास्थ्यकर्मीहरुको भूमिका अभूतपूर्व छ । यही कुरालाई हृदयगंम गरि फ्रान्सले स्वाथ्यकर्मीहरुलाई ऐतिहासिक रुपमा तलब वृद्धि गरेको छ । स्वाथ्यकर्मीहरुको शृङ्खलाबद्ध प्रदर्शनपछि फ्रान्स सरकारले तलब वृद्धि गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको हो ।

फ्रान्स सरकारले ८ बिलियन युरो बराबरको पारिश्रमिक बढाएको हो । सोमबार सरकार र ट्रेड युनियनबिच हप्ताैंपछिसम्मको वार्तापछि सहमति भएको हो ।



फ्रान्सका स्वास्थ्यकर्मीको मासिक तलबमा औषत १८३ युरो वृद्धि भएको हो । कोरोना भाइरसको महामारीका बेला स्वाथ्यकर्मीले गरेको कामको प्रशंसा भइरहेको छ ।

सम्बन्धित समाचार