चीनसँग तनाव बढेपछि खतरनाक हतियार किन्दै भारत

चीनसँगको सीमा तनाव बढ्दै गएपछि भारतले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हतियार खरिदको गति बढाएको छ । देशको रक्षा मन्त्रालय अन्तर्गतको डिफेन्स एक्विजिसन काउन्सिलले साढे ५ अर्ब डलर बराबरको हतियार खरिदका लागि स्वीकृति दिएको छ ।

भारतले आफ्ना ५९ वटा मिग–२९ विमानको स्तरोन्नति गर्ने भएको छ र रुससँग थप २१ वटा विमान किन्नेछ । त्यसका लागि एक अर्ब डलर खर्च हुनेछ । यसका साथै भारतले रुसमा बनेको सु–३० एमकेआई फाइटर जेटहरू १२ वटा किन्ने भएको छ र त्यसका लागि डेढ अर्ब डलर खर्च लाग्नेछ ।



सरकारले देशमै बनेका पिनाक मल्टीब्यारल रकेट लोन्चर, बीएमपी–२ इन्फान्ट्री कम्ब्याट भेहिकल, ल्यान्ड–अट्याक क्रुज मिसाइल र अस्त्र बियोन्ड–भिजुअल–रेन्ज मिसाइल पनि किन्ने भएको छ । सरकारले अमेरिकासँग एम७७७ अल्ट्रालाइट होवित्जरमा लागि एक्सकालिबर आर्टिलरी राउन्ड, रुसबाट इग्ला–एस एयर डिफेन्स सिस्टम र इजरायलबाट एन्टी–ट्यांक गाइडेड मिसाइलहरू पनि किन्ने भएको छ ।

सम्बन्धित समाचार