नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ असार ।
भारतका पूर्व केन्द्रीय मन्त्री करण सिंहले अयोध्या र रामबारे नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति विश्वभरका हिन्दु धर्मालम्बी मर्माहत बनेको बताएका छन् । रामको जन्म पूर्वी नेपालको एक गाउँमा भएको र भारतले कृत्रिम अयोध्या तयार गरेको भन्दै ओलीले दिएको अभिव्यक्तिले आश्चर्यचकित बनाएको बताएका छन् ।
उनले भारतका मात्र नभएर नेपालका अनि विश्वभरका करडौँ हिन्दु धर्मालम्बी मर्माहत भएको उनको भनाई छ । सिंहले भारतसँगको सिमा विवादमा नेपालले चालेको एकहोरो कदमबीच प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई जोड्दै उनी सकेजति जे पनि गर्न उद्धत रहेको बताएका छन् ।
राम र अयोध्याबारे दिएको अभिव्यक्तीका कारण ओलीले दुई देशबीचको दुरी अझ बढाउन खोजेको सिंहको भनाई छ । उने दुवै देशका बौद्धिक बर्गले दुई देशबीचको वर्षौँदेखिको सुमधुर सम्बन्ध पुनर्वहाली गर्न काम गर्नुपर्ने बताएका छन् ।