लद्दाखमा भारतको शक्ति प्रदर्शन

भारतका रक्षा मन्त्री राजनाथ सिंह सुरक्षाको अवस्था बुझ्नको लागि लद्दाख गएका छन् । उनी त्यहाँ स्थित सैनिकको अवस्था बुझ्न त्यहाँ गएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

चीफ अफ डिफेन्स जनरल बिपिन रावत र थलसेना प्रमुख, जनरल एम एम नरवणे पनि उनको साथमा लद्दाख पुगेका हुन् ।



उनले लद्दाखमा सैन्य शक्ति प्रदर्शन हेरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । भारत र चीनबीच विगत केही महिनादेखि सीमा विवाद चलिरहेको छ । गत महिना गलवान घाटीमा दुवै पक्षबीच झडप हुँदा २० भारतीय सैनिक मारिएका थिए भने चीनतर्फ पनि त्यत्तिकै संख्यामा हताहत भएको थियो । सीमा विवाद चलिरहँदा भारतीय सेनाको शक्ति प्रदर्शनलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सम्बन्धित समाचार