नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ साउन ।
भारतको कन्नौजमा लखनउ आगरा एक्सप्रेसमा आईतवार एक भीषण दुर्घटना भएको छ । जसका कारण ५ जनाको मृत्यु भएको छ भने १८ जना गम्भीर घाईते भएका छन् । साथै अन्य केही भने सामान्य घाईते भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
उक्त बसमा ४० देखि ५० जना मानिस सवार रहेका थिए । घाईतेलाई अहिले कन्नौज मेडिकल कलेज र इटावाको स्याफई अस्पतालमा उपचार भईरहेको छ ।
बस बिहारबाट कामदार लिएर दिल्ली गईरहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
Kannauj: Five people died, at least 18 injured after a private bus hit another vehicle at Agra – Lucknow Expressway this morning. The injured have been taken to a hospital. The bus was going from Bihar's Darbhanga to Delhi when the accident occured. pic.twitter.com/xg6YYFWYTI
— ANI UP/Uttarakhand (@ANINewsUP) July 19, 2020