बाढीले आसाममा कम्तीमा ८ गैँडा मरे

भारतको उत्तर–पूर्व राज्य आसाममा मनसुनी वर्षाका कारण आएको बाढीमा कम्तीमा ८ गैँडासहित एक सय भन्दा बढी जंगली जनावर मरेको स्थानीय अधिकारीले बताएका छन् ।

विश्वमै दूलर्भ एक सिंगे गैँडाको बासस्थानका रुपमा रहेको आसामको काजिरङ्गा राष्ट्रिय निकुञ्जमा बाढीका कारण जनावरहरु मरेका हुन् । यो वर्षको मनसुनमा राष्ट्रिय निकुञ्जको ८५ प्रतिशत क्षेत्र डुबानमा परेको छ । युनेस्कोले विश्व सम्पदा सूचिमा राखेको काजिरङ्गा राष्ट्रिय निकुञ्जमा कम्तिमा २४ सय एक सिंगे गैँडा छन् । हालै आएको बाढीमा डुबेर कम्तीमा ८ गैँडा मरेको राष्ट्रिय निकुञ्जका अधिकारीलाई उद्धृत गर्दै द हिन्दूस्तान टाइम्सले जनाएको छ ।



बाढीका कारण मृग, अर्ना, भालुसहितका दर्जनौँ जनावर पनि मरेका छन् ।

सम्बन्धित समाचार