अमेरिकामा औषधिको मूल्य घट्ने

अमेरिकामा औषधिको मूल्य घट्ने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हस्ताक्षर गरेका चार आदेशमा औषधिको मूल्य घटाउने आदेश पनि समावेश छ । यो आदेशसँगै अमेरिकामा अब डाक्टरले प्रेस्काइभ गरेको औषधि किन्न अमेरिकीहरुले कम पैसा खर्च गर्नेछन् ।

‘शीर्ष औषधि कम्पनीहरुका अधिकारीहरुले बैठकको लागि अनुरोध गरेका छन्’, ट्रम्पले भने,’बैठकमा यसबारे चर्चा हुन सक्छ, उनीहरुले कसरी औषधिको मूल्य कम गर्न सक्छन् ।’



औषधि कम्पनीहरुसँगको वार्ता सफल भए आदेश कार्यान्वयन गर्न आवश्यक नपर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सम्बन्धित समाचार