नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ साउन ।
स्पेनिस क्लब बार्सिलोनाका लेजेन्ड जाभी हर्नान्डेजलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । केही दिनअघि कतार स्टार्स लिग (क्युएसएल) का लागि कतार फुटबल फेडेरेसन (क्युएफए) ले सबै जनाको कोरोना परिक्षण गर्दा ४० वर्षीय प्रशिक्षक जाभीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
कोरोना भाइरस सक्रमण पुष्टि भएसँगै सेल्फ आइसोलेसनमा रहनुपर्ने भएकाले प्रशिक्षक जाभीले क्युएसएलको अल खोरविरुद्धको पहिलो खेलमा टच लाइन गुमाउने भएको छ । अल साद र अल खोरबीच आज राति प्रतिस्पर्धा हुदैछ ।
जाभीले सामाजिक सन्जाल इन्स्टाग्राममा आफुलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिदै आइसोलेसनमा रहने बताएका छन् ।