कोरोना भाइरसबाट दक्षिण एसियामा सबैभन्दा बढी भारत प्रभावित

संक्रमित र मृत्युदर अमेरिका र ब्राजिलभन्दा उच्च

कोरोना भाइरसबाट दक्षिण एसियाका आठ देशमध्ये भारत सबैभन्दा बढी प्रभावित भएको छ । हालसम्म भारतमा कोरोना संक्रमितको संख्या १९ लाख १० हजार ६८१ भन्दा बढी छ भने ३९ हजार ८५६ जनाको कोरोनाकै कारण मृत्यु भइसकेको छ ।

दक्षिण एसियामा अन्य देशको तुलनामा भुटान कम प्रभावित देखिएको छ। हालसम्म भूटानमा १०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यहाँ हालसम्म कोरोनाका कारण कसैको निधन भएको छैन । यस्तै पाकिस्तानमा कोरोना संक्रमितको संख्या २ लाख ८१ हजार १३६ पुगेको छ भने ६ हजार १४ जनाले ज्यान गुमाएका छन्।अहिलेसम्म बंगलादेशमा २ लाख ४४ हजार २० भन्दा बढी कोरोना संक्रमित बनेका छन् भने ३ हजार २३४ जनाको मृत्यु भएको छ।



यसैगरी अफगानिस्तानमा कोरोना संक्रमितको संख्या ३६ हजार ८२९ पुगको छ भने १ हजार २९४ जनाले ज्यान गुमाएका छन् । दक्षिण एसियामा अफगानिस्तानपछि कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुकको सूचीमा नेपाल रहेको छ ।

नेपालमा हालसम्म कोरोना भाइरसम्म कारण २१ हजार ९ जना संक्रमित भएका छन् । तीमध्य अहिलेसम्म ६० जनाको संक्रमणका कारण निधन भएको छ ।

यस्तै माल्दिभ्समा अहिलेसम्म ४ हजार ४ सय ४६ जनामा कोरोना देखिदा १९ जनाको मृत्यु भएको छ । श्रीलंकामा २ हजार ८ सय ३४ जनामा कोरोना संक्रमण देखिएको छ भने ११ जनाले ज्यान गुमाएका छन् ।

सम्बन्धित समाचार