कोरोना संक्रमित राखिएको एक होटलमा आगलागी, सातको ज्यान गयो

भारतमा कोरोना संक्रमित राखिएको एक होटलमा आगलागी भएको छ । आन्ध्र प्रदेशको विजयवाडामा एक होटलमा आगलागी हुँदा ७ जनाको ज्यान गएको हो ।

कोरोना संक्रमण पुष्टि भएकाहरुलाई राख्न एउटा निजी अस्पतालले प्रयोग गरिरहेको स्वर्ण प्यालेस होटलमा आगलागी भएको भारतीय संचारमाध्यमले जनाएका छन् । होटलमा ४० जना रहेका बेला आगलागी भएको हो ।



आन्ध्र प्रदेशका गृहमन्त्री मेकाथोटी सुचरिताले विद्युत सर्ट भएर आगो लागेको जानकारी दिए । घटनाको थप विवरण आउँन बाँकी छ ।

सम्बन्धित समाचार