हालै रिलिज भएको कुन भिडियो विश्वमा दोश्रो मन नपराइएको भिडियो हो ?

सन् २०१८ मा युट्युबमा एउटा अकल्पनीय रेकर्ड बन्यो, ‘युट्युब रिवाइन्ड २०१८’ नामक भिडियो विश्वमा नै सबै भन्दा मन नपराइएको भिडियो भयो । युट्युबमा अपलोड भएको यो पहिलो भिडियो थियो जसले ‘डिसलाईक’ धेरै पायो । यो भिडियोमा अहिले एक करोड ८० लाख डिसलाइक छ ।

यस्तै बुधबार बिहान १० बजे युट्युबमा आलिया भट्ट अभिनित चलचित्र ‘सडक – २’ को ट्रेलर सार्वजनिक भयो । यो ट्रेलरलाई मन पराउने भन्दा मन नपराउनेको सङ्ख्या धेरै छ । ट्रेलर सार्वजनिक भएको केही घण्टामा भिडियोलाई हेर्ने भन्दा मन नपराउनेको सङ्ख्या धेरै थियो । सडक –२ महेश भट्टको निर्देशन अनि मुकेश भटट निर्माणमा बनेको चलचित्र सडक २ लाई यति धेरै मन नपराइएको हो ।



बलिउडमा अभिनेता सुशान्त सिंह राजपूतको अप्रत्यासित मृत्युपछि बलिउडमा ‘स्टार किड’ लाई बहिष्कार गर्ने अभियान नै चल्यो । ‘सडक – २’ मा देखिएको डिसलाईकको सङ्ख्याले सुशान्तका फ्यानको घृणालाई प्रष्ट पारेको छ ।

यो चलचित्रबाट मुकेश भट्टले दुई दशकपछि निर्देशनमा पुन बहाली गरेका थिए। चलचित्रमा आलिय भट्ट, पूजा भट्ट, सञ्जय दत्त र आदित्य रोय कपूरको अभिनय रहेको छ र यी कलाकारहरु सामाजिक सञ्जालमा ‘ट्रोल’ भईरहेका छन् ।

यो समाचार तयार पार्दासम्म भिडियोलाई ५७ लाख पल्ट डिसलाईक गरिएको छ र कमेन्टहरु पनि नकारात्मक रुपमा आइरहेका छन् । यो भिडियोले भारतमा सबैभन्दा धेरै मन नपराइएको भिडियोको रेकर्ड राख्ने आँकलन गरिएको छ ।

सम्बन्धित समाचार