के आयो महेन्द्र सिंह धोनीको कोरोना रिपोर्ट ?

चेन्नई सुपरकिंग्सका कप्तान महेन्द्र सिंह धोनीको कोरोना रिपोर्ट निगेटिभ आएको छ । आइपिएल खेल्न युएई जानु अघि धोनीको बुधबार स्व़ाब परिक्षण गरिएको थियो । हाल आफ्नो घरेलु शहर राँचीमा रहेका धोनीको कोरोना परिक्षण निगेटिभ आएसँगै अब आइपिएल खेल्ने बाटो खुलेको छ ।

धोनी सम्भवत आज चेन्नई जाने र केही दिनको अभ्यासपछि अगस्त २२ मा युएई जाने छन् । ३९ बर्षिय धोनी २०१९ को विश्व कम क्रिकेटपछि मैदानमा देखिएका छैनन् । सो विश्वकपको सेमिफाइनलमा न्युजील्याण्डसँग अन्तिम खेल खेलेका धोनी त्यसपछि राष्ट्रिय टिममा परेका छैनन् ।



क्रिकेट खेलाडीको रुपमा आफ्नो क्यारियरको अन्त्य तिर रहेका धोनी अझै दुई सिजन आइपिएल खेल्ने मिडिया रिपोर्टमा बताइएको छ । कोरोना महामारीका कारण स्थगित भएको यस बर्षको आइपिएल युएईमा सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुने भएको छ ।

सम्बन्धित समाचार