लाखौं डलरको इरानको तेल बोकेको चार ट्यांकर अमेरिकाद्वारा कब्जा, के अब इरान अमेरिका युद्ध हुन्छ?

अमेरिकाले इरानको तेल बोकेको चारवटा ट्यांकर नियन्त्रणमा लिएको छ । जहाँ लाखौं डलर बराबरका तेलहरु छन् । चारवटा जहाजमा भेनेजुएला पठाउन लागिएको ११ लाख ब्यारेल इरानी तेल विदेशी साझेदारहरूको सहयोगमा जफत गरिएको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ ।

अमेरिकाले हालसम्मकै ठूलो मात्रामा इरानको तेलमाथि कब्जा गरेको हो अमेरिकी प्रतिबन्धलाई पालना नगरेको कारण ट्यांकर नियन्त्रणमा लिएको अमेरिकी भनाइ छ । भेनेजुएलाका लागि इरानी राजदूतले ती जहाज र तिनका मालिक इरानी नरहेको दाबी गरेका छन् ।



शुक्रवार एक विज्ञप्तिमा अमेरिकी न्याय मन्त्रालयले ‘इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स’ आईआरजीसीको लाखौँ डलर मूल्यका तेल सफलतापूर्वक कब्जामा लिइएको बताएको छ । आईआरजीसी अमेरिकाले विदेशी आतङ्कवादी संस्था तोकेको इरानी सशस्त्र बलको एउटा अङ्ग हो ।

सन् २०१८ मा अमेरिकाले एकपक्षीय रूपमा इरानसँगको परमाणु सम्झौताबाट हात झिकेपछि दुई देशबीच तनाव चुलिएको छ । अमेरिकाले इरान र भेनेजुएलाविरुद्ध तेल निर्यात रोक्न ठूला प्रतिबन्धहरू लगाएको छ ।

अमेरिकाको यस्तो व्यवहारबाट क्रुद्ध भएको इरानले अब अमेरिका विरुद्ध कस्तो कदम चाल्छ त्यो हेर्न बाँकी छ । के इरानले अमेरिकाविरुद्ध युद्धको शंखघोष गर्दछ ? यो सबैको चासोको विषय भएको छ ।

सम्बन्धित समाचार