महेन्द्र सिंह धोनीको क्रिकेटबाट सन्यास, अर्का प्रसिद्ध खेलाडीको पनि सन्यास

विश्वको नजर शनिबार साँझ त्यो इन्स्टाग्राम पोस्टमा अडियो जसमा महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरे । लगत्तै सुरेश रैनाले पनि इन्स्टाग्राममा पोस्ट गरे कि उनी पनि यो यात्रामा धोनीकै साथमा छन्, अर्थात उनले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

सुरेश रैनाले भारतका लागि १८ टेस्ट म्याच र २२६ वनडेका अलावा कुल ७८ टि–२० म्याच खेले । २२६ वनडे म्याचमा रैनाले पाँच शतकको मद्दतले ५६१५ रन बनाए । टि–२० क्रिकेटमा उनले एक शतकका साथ १६०५ रन बनाएका थिए । टेस्ट म्याचमा उनको प्रदर्शन राम्रो भएन र १८ टेस्ट म्याचमा उनको ब्याटबाट ७६८ रन बन्यो ।



जे होस् यी दुवै क्रिकेटरको सन्यासको घोषणापछि उनीहरुका प्रशंसक अहिलेसम्मको सुनौलौ यात्रा याद गरिरहेका छन् र आगामी दिनका लागि शुभकामना दिइरहेका छन् । यो सम्झना र शुभकामना यती तीव्र गतिमा आइरहेको छ कि सन्याश घोषाणाको केहीबेरमा नै महेन्द्र सिंह धोनी ट्विटरमा ट्रेन्ड भएका छन् र रैना पनि हेर्दा हेर्दै ट्रेन्डमा चढेका छन् ।

भारतीय टिमका कप्तान विराट कोहलीले धोनीका लागि ट्विटरमा र इन्स्टाग्राममा लेखेका छन्, ‘हरेक क्रिकेटरलाई एक दिन आफ्नो यात्रा समाप्त गर्नु नै हुन्छ । तर जसलाई तपाईँ यति नजिकबाट चिन्नुहुन्छ उसले यो फैसला लिँदा तपाईँ धेरै इमोशनल महसुस गर्नुहुन्छ । आफ्नो देशका लागि तपाईँले जे गर्नुभयो त्यो सधैँ सबैको ह्रृदयमा रहनेछ ।’

विराटले अगाडि लेखेका छन्, ‘दुनियाँले तपाईँको सफलता देख्यो, मैले तपाईँलाई देखेँ ।’  धोनीको सन्याशमा बिसिसिआईले पनि बयान जारी गरेको छ । उसले भनेको छ, ‘धोनी तीनवटै आईसीसी ट्रफी जित्ने एकमात्र कप्तान हुन् । धोनी विश्वका सफल कप्तान मध्ये एक हुन् र उनको कप्तानीमा टिम टेस्टमा नम्बर १ बन्यो ।’

बिसिसिआईका अध्यक्ष सौरभ गांगुलीले पनि भनेका छन् कि धोनीको कप्तानीमा देशले विश्वकप जित्यो । ‘धोनीको सन्याश एक युगको अन्त्य हो र धोनी जस्तो नेतृत्व क्षमता कसैमा छैन ।’

मास्टर ब्लास्टर सचिन तेन्दुलकरले पनि ट्विट गरेका छन् । उनले भनेका छन्, ‘महेन्द्र सिंह धोनी भारतीय क्रिकेटमा तिमिले धेरै ठूलो योगदान दियौँ । २०११ को विश्वकप साथै जित्नु मेरो जिन्दगीको सबैभन्दा राम्रो याद हो । दोस्रो पारीका लागि तिमिलाई र तिम्रो परिवारलाई शुभकामना।’

धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्याशको घोषणा गरेको केहीबेरमै सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्याशको घोषणा गरेका थिए ।

https://www.instagram.com/tv/CD6ZQn1lGBi/?utm_source=ig_embed

 

 

सम्बन्धित समाचार