डब्ल्यूएचओले भन्यो, ‘५ वर्ष भन्दा कम उमेरका बालबालिकालाई मास्क लगाउनु खतरा’

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले ५ वर्ष वा सोभन्दा कम उमेरका बालबालिकाहरुलाई मास्क लगाउनु खतराजनक रहेको स्पष्ट पारेको छ । उसले उक्त उमेर समुहका बालबालिकालाई मास्क नलगाइदिन अनुरोध गरेको छ । यसैगरी ६ देखि ११ वर्षका बालबालिकाहरूले भने मास्क लगाउन सक्ने जनाएको छ।

उनीहरुलाई मास्क कसरी लगाउने र कसरी निकाल्ने भन्ने कुरा राम्रोसँग सिकाउन संगठनले अभिभावकहरूलाई आग्रह गरेको छ । यसैगरी १२ वर्षमाथिका बालबालिकाहरूलाई भने वयस्कहरुकै जस्तै नियम लागु हुने संगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठनले १२ वर्षभन्दा माथिकालाई मास्क लगाउने विषयमा नयाँ नियम जारी गर्दै उक्त कुराहरु बताएको छ ।



साथै संगठनले ६० वर्षभन्दा कम उमेरकालाई कपडाको मास्क लगाउन सुझाव दिएको छ । तर ६० वर्षभन्दा माथि र अन्य कुनै रोग भएकाहरुले भने मेडिकल मास्क लगाउनुपर्ने संगठनले जनाएको छ ।

सम्बन्धित समाचार