सुतेर पनि इम्युनिटी पावर बनाउन सकिने, यस्तो छ जनस्वास्थ्य विज्ञ डा. पाण्डेको सुझाव

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विरुद्ध लड्न मानव जीवनमा निद्राको ठूलो भूमिका रहने जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले बताएका छन् ।

सामाजिक सञ्जाल फेसबूकमा एक स्ट्याटस लेख्दै उनले कोरोना संक्रमण लगायतका विभिन्न रोगहरूसँग लड्नका लागि निद्राको ठूलो भूमिका रहने बताएका हुन् ।



रातिको समयमा पर्याप्त सुत्ने व्यक्तिको इम्युनिटी पावर राम्रो हुने उनले बताएका छन् । उनले भनेका छन्, ‘कोरोना संक्रमण लगायतका रोगहरुसंग लड्नको लागि निद्राको ठूलो भूमिका छ । रातिको समयमा पर्याप्त सुत्ने व्यक्तिको इम्युनिटी पावर राम्रो हुन्छ । हामी सबैले अनुभव गरेका छौं कि निद्रा नपुगेका दिनमा हामी दिनभर ताजगी अनुभव गर्न सक्दैनौं । हाम्रो जोश, जाँगर, उमंग तथा उत्साह मुर्झाएको हामीले अनुभव गर्दछौं । त्यस्तै राम्रोसंग निद्रा परेको समयमा हामी आफुलाई निकै स्वास्थ्य अनुभव गर्दछौं । हाम्रो पूर्वीय दर्शनमा निद्रालाई आहार जत्तिकै महत्व दिइएको छ ।’

उनले भनेका छन्, ‘हामी रातिमा ७-९ घण्टा सुत्यौँ भने मेलाटोनिन नामक हर्मोनको उत्पादन राम्रो हुन्छ । जसले गर्दा हामी खुसी हुन्छौं साथै रोगसँग लड्ने क्षमता वृद्धि हुन्छ ।’

डा पाण्डेका अनुसार यस्तो छ सुत्ने तालिका
१४- २५ बर्षको उमेरको व्यक्तिलाई =  ८- १० घण्टा
२६-६४ बर्षको व्यक्तिलाई =  ७- ९ घण्टा
६५ वर्ष तथा सो भन्दा धेरै उमेरका व्यक्तिलाई = ७- ८ घन्टा

डा पाण्डेले फेसबुकमा यस्तो लेखेका छन्

https://www.facebook.com/rabindra.sameer/posts/4315884218482897#

सम्बन्धित समाचार