भारतका अधिवक्ता प्रशान्त भूषणले १ रुपिँया जरिवाना तिर्नुपर्ने, नतिरे जेल सजाय

अदालत तथा न्यायाधीशहरुको अवहेलनाको मुद्दामा भारतको सर्वोच्च अदालतले त्यहाँका वरिष्ठ अधिवक्ता प्रशान्त भूषणलाई १ रुपिँया जरिवाना तिर्न लगाएको छ । भारतीय संचारमाध्यमका अनुसार उनले आगामी सेप्टेम्बर १५ सम्ममा जरिवाना नतिरे ३ महिनाको जेल सजाय हुनेछ ।

साथै उनलाई ३ वर्षसम्म मुद्दा लड्न नदिने पनि अदालतको आदेशमा भनिएको छ । भूषणले अदालत र प्रधानन्यायाधीशमाथि गरेको टिप्पणीलाई त्यहाँको अदालतले अभद्र करार गरेको हो ।



अदालतले उनका भनाइहरु अदालत र न्यायाधीशहरुमाथिको अवहेलना भएको बताएको छ । अदालतले पहिले यस विषयमा माफी माग्न भनेको थियो ।

तर उनले माफी नमागेपछि उनलाई सजाय स्वरुप एक रुपिँया तिर्न भनिएको हो ।

सम्बन्धित समाचार